
धादिङ पुस १८ । बेनीघाट रोराङ गाउँपालिका चरौंदीमा रहेको राइजिङ स्टार ई.बोर्डिङ स्कुलले हाफ्नो विद्यालय स्तरीय दोस्रो राइजिङ कप फुटबल प्रतियोगिता सुरु गरेको छ ।
विद्यालयको ४ सदन बीच हुने उक्त प्रतियोगिता शुक्रबार सुरुभएको विद्यालयका खेलकुद संयोजक नविन रसाईलीले बताउनु भयो । हरेक शुक्रबार विभिन्न विधामा अतिरिक्त क्रियाकलाप हुन्छ त्यहि अन्तरगत एउटा फुटबल सुरुभएको हो ।

वर्ष भरिमा हुने अतिरिक्त क्रियाकलापमा कुन सदनले कति अंक ल्याउँछन् त्यसको आधारमा विजेता उपविजेता छनौट हुने समेत संयोजक रसाईलीले धादिङपोष्टलाई बताउनु भयो । उहाँका अनुसार अंक स्कोरको आधारमा प्रथम हुने सदनले १० हजार नगद ट्रफी मेडल र प्रमाण पत्र, दोस्रो हुने सदनले ७ हजार ट्रफी मेडल र प्रमाण पत्र, र सान्तोना हुने सदनले ५ हजार ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् ।
