
रामचन्द्र थपा
धादिङ पुस ७ । धादिङको धुनीबेसी नगरपालिका स्थित खानीखोलामा नेकपा कार्यकर्ताले बजारमा प्रतिनिधि सभा विघटन भएको विरोधमा प्रदर्शन गरेका छन् ।
धुनीबेसी नगरकमिटिको सचिव राज कुमार पाठकको नेतृत्व निस्किएको विरोध प्रर्दशन र्याली खानिखोला बजार परिक्रमा गरि तल्लो बजारमा पुगेर सभामा परिणत भएको थियो ।
उक्त विरोध प्रदर्शनमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर, केपी ओली मुर्दावाद र असंवैधानिक निर्णय खारेज गर, संसद विघटन फिर्ता गर जस्ता नारा लगाइएको थियो ।
