
धादिङ मंसिर २८ । धादिङको गल्छी गाउँपालिका ८ निवासी ३५ वर्षीय दिपक मगर चरेश सहित पक्राउ परेका छन् ।
खैरबारीबाटपक्राउ परेका दिपक मगरको साथबाट ५० केजी चरेश बरामद भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलको विशेष इन्टेलिजेन्स ब्युरोले चरेस बिक्री गर्न हिँडिरहेको अवस्थामा मगरलाई पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाएको हो । प्रहरीले मगरको साथबाट एक थान मोबाइल र मोटरसाइकल पनि बरामद गरेको छ ।

