नलाङको सिद्धलेकमा सरसफाई गरियो, अब डस्विन राखिने

Avatar photo
Dhadingpost
मंसिर ३, २०७७

धादिङ मंसिर ३ । धादिङबेसी सदरमुकामबाट नजिकको दुरीमा पर्ने आन्तरिक तथा वाह्य पर्यटकिय गन्तव्यका रुपमा चिनिने सिद्धलेक गाउँपालिका २ अन्तरगत नलाङमा रहेको सिद्धलेक मन्दिर क्षेत्र सरसफाई गरिएको छ ।

सिद्धलेक ढेवाडाँडा समाज नेपालले आयोजना गरेको उक्त सरसफाई, वडा न. २ का अध्यक्ष कमल गुरुङको विशेष आतिथ्यतामा भएको हो ।

अब सिद्धलेक क्षेत्रमा जताभावी मदिरा सेवन गर्ने सिसा र फोहोर फाल्न पाईदैन अब सिद्धलेक क्षेत्रमका डस्विन राखिने सिद्धलेक ढेवाडाँडा समाज नेपालले जनाएको छ ।