धादिङमा पीसीआर परिक्षणको लागि ल्याव राखिने

Avatar photo
Dhadingpost
कार्तिक २५, २०७७

धादिङ कार्तिक २५ । नेपाल सरकारले संचालन गरेको कोरोना कोषको १ करोड अनुदान पाए सँगै धादिङमा पीसीआर परिक्षणको लागि ल्याव राखिने भएको छ ।

धादिङमा कोरोना संक्रमितहरुको पीसीआर परिक्षण गर्न ल्याव नभएका कारण अन्यत्र लैजानु पर्ने भएकोले जिल्लामा नै ल्याव संचालनको लागि सामान बुकिङ् भैसकेको जिल्ला समन्वय समिति धादिङका प्रमुख प्रमुख जगन्नाथ नेपालले धादिङपोष्टलाई बताउनु भयो ।

धादिङमा ल्याव संचालनमा ल्याउन योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेल र संघीय सांसद माननीय खेम लोहनी विशेष योगदान गर्नु भएको समेत प्रमुख नेपालले बताउनु भयो । फाईलः फोटो जिल्ला अस्पताल धादिङ