
धादिङ कार्तिक ८ । धादिङ जिल्लामा शनिबार ३० जना थपिए सँगै कोराना संक्रमितको संख्या १ हजार ६६ जना पुगेको छ ।
आज थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका २ जना, गल्छी गाउँपालिकाका १६ जना, धादिङ अस्पतालका ८ जना, थाक्रे गाउँपालिकाका २ जना, गजुरी गाउँपालिकाका १ जना र ज्वालामुखी गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
