
धादिङ कार्तिक ५ । कानुन व्यवसायीहरुको संस्था धादिङ बार एशोसियसन धादिङका संस्थापक अध्यक्ष अभिवक्ता गोबिन्द बहादुर श्रेष्ठको निधन भएको छ ।
०४६ सालमा धादिङ बार एशोसियसन धादिङ गठन गर्नु भएका ८३ वर्षिय श्रेष्ठ केहि वर्ष देखि दम र निमोनिया रोगबाट ग्रसित हुनुहुन्थ्यो । काठमाडौमा उपचारको क्रममा संस्थापक अध्यक्ष गोबिन्द बहादुर श्रेष्ठको बुधबार बिहान निधन भएको धादिङ बार एशोसियसन धादिङका पूर्व अध्यक्ष टंक कुमार श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।

