होला त ? १५ दिन पृथ्वीमा अन्धकार

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २४, २०७२

earth-650x406एजेन्सी । अंग्रेजी वेवसाइट (NewsWatch 33)ले नासालाई जानकारी दिँदै एक रिपोर्टमा भनेको छ कि ‘पृथ्वीमा १५ नोभेम्बरदेखि २९ नोभेम्बर सम्म दिनरात पुरै अध्यारो हुनेछ ।’
संसारभरी आगोको रफ्तारमा फैलिरहेको यो खबर अनुसार अध्यारो हुने समयलाई एस्टानोमिकल ईयर वा नोभेम्बर ब्लैक आउटको नाम दिइएको छ । यस्तो हुने बेला त्यो क्रममा पूरै पृथ्वी अध्यारोमा डुब्ने छ । पृथ्वीका मानिसहरुका लागि यो पहिलोपटक हुन लागेको समाचारमा जनाइएको छ । रिपोर्टमा यो घटना १ लाख वर्षपछि हुँदैछ र यो ब्लैक आउट बृहस्पति र शुक्र ग्रहबीच एक खगोलीय घटनाका कारण हुन लागेको हो ।
अर्थ ब्लैक(अध्यारो पृथ्वी) आइतबार, नोभेम्बर १५ गते विहान ३ बजेदेखि शुरू हुनेछ । र सोमवार, नोभेम्बर ३० गते साँझ ४ बजेर १५ मिनेटसम्म यस्तो अवस्था रहनेछ । वैज्ञानिकहरुले बृहस्पति र शुक्र ग्रहबीच खगोलीय घटना भएपनि पृथ्वीमा कुनै प्रलय नहुने बताएका छन् । अनुसन्धानपछि मात्रै थप कुरा पत्ता लाग्ने समेत उनीहरुले बताएका छन् ।