
धादिङ असोज २३ । हिन्दुहरुको विजया दशमी तथा दिपावलीको अवसरमा धादिङको नेत्रावती डब्जोङमा तेश्रो तिखाडुङ कप तथा प्रथम दामन पाखृन स्मृती गोल्डकप फुटबल प्रतियोगिता-२०७७ हुने भएको छ ।
कार्तिक १ गते सुरु हुने यस प्रतियोगितामा कोभिड १९ लाई ध्यानमा राखी नेत्रावती डबजोङ गाउपालिका भित्रका क्ल्ब तथा समुहलाई मात्र सहभागी गराइने आयोजक हेराहा डबजोङ युवा समाजले जनाएको छ ।
