प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कार तु खवरका गिरिजा अधिकारीलाई

Avatar photo
Dhadingpost
अशोज ६, २०७७

धादिङ असोज ५ । प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट तु खवरका सम्पादक गिरिजा अधिकारी सम्मानित हुनुहुने भएको छ ।

प्रेस काउन्सिलले हरेक वर्ष विभिन्न विधामा प्रत्रकारहरुलाई सम्मान गर्दै आएकोमा यस वर्ष यसवा पत्रकारिता बिधामा तुखवरका सम्पादक अधिकारी सम्मानित हुनुहुने भएको हो ।
दुई दसकदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार अधिकारी प्रदेश पत्रकार महासंघ बागमतीका सल्लाहकार समेत हुनुहुन्छ ।

प्रेस काउन्सिल नेपालको ५१ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा पुरस्कृत गर्न लागेको अन्य पत्रकारहरुमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाबाट केन्द्रीय पार्षद, वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ, काठमाडौं शाखाबाट केन्द्रीय पार्षद, वरिष्ठ पत्रकार तथा गोरखा एक्सप्रेस साप्ताहिकका सम्पादक राजन कार्की, काठमाडौं शाखाका सदस्य तथा सञ्चारिका समुहकी अध्यक्ष नितु पंडित ।

यस्तै काठमाडौं शाखाका सदस्य तथा नवप्रज्ञापन साहित्यिक पत्रिकाका सम्पादक नवराज रिजाल, रिर्पोटस क्लव नेपालका अध्यक्ष रिसी धमला, उपत्यका प्रदेशका उपाध्यक्ष प्रिय मित्र माधव पौडेल, पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष प्रिय मित्र दिपेन्द्र श्रेष्ठ, हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहोरा, माइसंसार डटकमका उमेश श्रेष्ठ लगायत छन् ।