डियर कमरेड कुमार दाई
सलाम अभिवादन ।
डियर कमरेड कुमार दाई, यो अन्तिम बिकल्प हैन थिएन पनि जिवित पार्टी र सङ्गठनमा आन्तरिक द्वन्द र बहस चलिरहन्छ अझ मासपार्टी जिवित राख्नको लागि त यो आवश्यकता पनि छ, हैन र ?
सिद्धलेक गाउँपालिकामा तपाईं हामीले माओवादी पार्टी जन्माउन र स्थापित गराउनको लागि गरेको मेहनत, ती महान सहयोद्धा कमरेडहरुको बलिदानीहरुलाई तपाईं जस्ता स्थापित युवा नेताले त्यो महान बलिदानको आन्तरिक वर्ग संघर्षको लाइन भुल्नु भो ?
डियर कमरेड
क्रान्तिको बाटो सिधा छैन नि हैन र ? स्थानीय निर्वाचनमा पार्टीले तोकेको ऐतिहासिक दायित्व पुरा गरेऔं । सिद्धलेक ४ बाट म र ६ बाट तपाईं निर्वाचनमा उम्मेदवार बन्यौं । जनाधरको हिसावले तपाईंले अनपेक्षित हार बेहोर्नुभो, यो निकै दुःखद घटना थियो, हामीले चुनावी टेक्निक जानेनौ झै लाग्छ, तर, तपाईं हामीले नेतृत्व गरेको सर्वहारा वर्गको एउटा शक्तिमा मोर्चामा हार भएपनि डियर कमरेड अङ्क गणितिय निर्वाचनबाट तपाईंको चुनावमा पराजजित हुनुभए पनि तपाई सिद्धलेकको कम्युनिष्ट आन्दोलनको नेतका रुपमा स्थापित भैसक्नु भएको थियो ।

चुनावमा हार जित स्वभाविक प्रक्रिया हो । तपाइको हार्डलाइन राजनीतिले पार्टी छोडेर जाने एउटा राम्रो बाटो पक्रियो बाङ्गोटिङ्गो राजनीतिक बाटोमा तपाईंले मोड्नु भएको राजनीतिक यात्रामा सिधा त पक्कै छैन होला ।
हजारौं राता मन्छेहरु गुमाएर प्राप्त गरेको यो राज्य व्यवस्थाको मुल मर्म पुरा गर्ने यो सङ्गिन घडीमा तपाईं र मैले पाएको नाफाको जिन्दगीमा ति वेपत्ता घाइते सहिदको सपना पुरागर्ने दायित्व तपाईंको र मेरो हैन र ?
रगत र पसिनाले निथ्रुक्क भिजेको जन्युद्धको जिण त्यो र यो शरीरमा रक्तिमा आवाजहरु सपनाहरु पुरा हुने क्रममा तपाईंले रोजेको यात्रा के स्वणिम होला र ? तपाईं आन्तरिक संघर्षबाट कति थकित हुनुहुन्छ भन्ने कुरा नलाङ भेलामा मलाई प्रष्ट थाहा थियो ।
त्यो बेलाको लामो छलफलमा मैले तपाईंलाई भनेको थिए नी, नेकपा जिल्ला सदस्य रंग थपालिया र निर्वाचित वडा सदस्य टिका थपालियाको पैत्रिक सम्पत्ति हैन नेकपा भनेर तर तपाईंले ति कुराहरु त्यति महत्व दिनु भएन सायद तपाईंले वर्ग संघर्षको हाडलाइन त्यागेर भात्किएको वीपी मार्गको यात्रा तय गर्ने पुर्ण योजनामा हुँनुहुँदो रहेछ क्यारे ।
डियर कमरेड
पार्टी भित्र ठुलो अन्तर विरोधको खाडल छ, त्यो खाडल पुर्नको लागि तपाईं र मनै भासिनु पर्ने थियो । यस्को लागि म कती तयार तपाईं कति तयार हुनुहुन्थ्यो भन्ने कुराको लेखा जोखा हुँनै लाग्दा बाटो मोड्नु भयो, यो निकै दुःखद बिषय हो । हो हिजोको आन्तर विरोध संघर्ष सिङ्गो माओवादी केन्द्र पार्टीमा थियो । आजको अन्तरविरोध त्यस्तो छैन ।
आजको अन्तरविरोध संघर्ष एमाले र माओवादी केन्द्र खेमामा पुगेका छ । अझ भनम् आन्तरविरोधको शिलसिला फेरिएको छ, त्यो त्यति वैचारिक र तार्किक छैन जुन जिवित पार्टीलाई मुर्त रुप दिने हो त्यो केवल पद र पैसाको लागि मात्रा छ, त्यसैले तपाईं र मेरो यहाँ हामी जस्ताको हार हुनु स्वोभाविक हो झै लाग्छ । विश्व कम्युनिस्टको ईतिहास हेर्नुत तपाईं हामी जस्ता धेरै व्यक्ति ज्युँ दै सहिद भएका छन् ।
तपाईं हामी एक आपसमा सहजीकरणको बाटोमा थियौ । भने, आर्को एउटा समुह हाम्रो अस्तित्व र पहिचान नै स्वीकार गर्न नचाहने र नसक्ने अवस्थामा छ, त्यसैको तपाईंले दुई ठुला कम्युनिस्ट घटकको एकता पछी नराम्रो सङ्ग अनुभव गर्नुभो ।
कतिपयलाई यति डर थियो । कि हिजोको स्थानीय निर्वाचनमा थोरैमतबाट पराजित कुमार श्रेष्ठ पार्टीमा रहीरहे हाम्रो कालो कर्तुत बाहिर निकाल्न सक्छ, र आर्को निर्वाचनमा कुमार श्रेष्ठ हावी हुन्छ भन्ने भएका साथ मनको बाघले लखेटी रहेको थियो केहि मान्छेहरुलाई कम्युनिष्टको व्यमान पत्रले तपालाई बिगत ३ सालदेखी लखेटी रहेका थिए उनीहरु सफल भए, तपाईं हार्नु भो तपाईं लखेटिदै हुनुहुन्छ भन्ने कुराको ख्याल गर्नु भएन झै लाग्छ ।
लामो आन्तर बिरोधको बीचमा स्वस्थ्यकर्मी रकिम आन्सारी प्रकारणले झन् यति मोड लियो की केही झुन्डाहरुले गाउँपाटी संगठन सचिव पुष्प थपालियालाई नै कार्वाहिको माग गरेको जिल्ला पार्टीमा भन्ने कुरा सम्म बाहिर आयो । पुष्प कमरेडको १९ महिना भैरबनाथ गणले बनाएको स्पात ज्यान र विचारलाई सजिलै गलाउन नसकेपछि रकिम अन्सारीको समर्थन गरेको भन्ने आोप तपार्य तर्फ सारे ति झुण्डहरुले । रकिमको मुद्धा नसकिदै तपाईंको यात्रा मोडियो, अब के यी सब तिनका हतकण्ड रोक्न तपाईं फेरी सक्षम हुनुहुन्छ त ?
डियर कमरेड
आन्तरिकद्वन्द चर्केपछि नै आज सम्म गोप्पे रहेको नलाङ भेला तपाईं लक्षित थियो भन्दा फरक नपर्ला विशेषत तपाईंको मनो विज्ञान बुझ्न त्यो भेला थियो भन्दा फरक पर्दैन । न तपाईंको त्यो दिनको आन्तरविरोधको तर्कले मलाई लगेको थियोकी पार्टी नै नफेरे पनि समानन्तर कमिटिको लागि तपाईं तयार भई सक्नु भयो भन्ने बुझाई हाम्रो थियो ।
त्यसपछिको घटनाक्रम यति पेचिलो भयोकि नेकपा धादिङका श्रदय अध्यक्ष काम्रेड नेत्र पौडेल ज्यु लगायतका जिम्मेवार काम्रेडहरुको उपस्थितिले पनि सम्स्याको जड फेला नपार्नु वा सावधानिको लागि तत्पर नहुनुले निकै अचम्म भएँ, जिल्ला अध्यक्ष, प्रदेश सदस्य लगायत नेताहरुले समेत समस्याको बाटो नखोजि दिनाले लाग्छ की तपाईंलाई लखेट्नै चाहन्थे की ? तपाईंलाई भित्तामा पुर्याई दियो कि दाह्रे गौडाको नहर माथिको बाँदर नचडने भिरमा पुर्याइ दिए, यस अर्थमा उनीहरु सफल भए ।
काम्रेड मोहन बैधेले पाटी फुटाउनु र सिद्धलेकमा तपाईंले पाटी छोड्नु मैले एउटै नजरबाट हेरेको छु । काम्रेड झम्क पारियारले तपाईं सँगको भेट र छलफलले अलिक राहात महसुश गरेको थिएँ तर त्यो खास टिकाउ भएनछ ।
नेताको नजरमा नपरेको तपाईं र म गुलामी गर्न नसक्न्ने तपाईं हामीलाई विश्वाश गर्ने जनताले प्रश्न गर्ने छन् जुन उत्तर दिन मुल्याक त राख्दिन । मानानीय ज्युहरुले तपाईं र मलाई खोजेनन् तपाईं र मैले मानानीय ज्युहरुलाई खोजी हिनेनौ फुलको गुछा खादा बोकेर दैलो दैलो चाहरी हिडेनौ, यो गुलामीको समस्या चाकारीको रटन नपुग्दा तपाईं हामी पाटी र संगठनबाट लखेटेऔं । चुनावमा हारियो झै लागि रहन्छ ।
हो, राजनीतिक संगठनिक रुपमा जटिल समस्या थियो र छ पनि समस्याको सवधानी होला झै लागेको थियो भएन, ०६४ को पहिलो संबिधानको निर्वाचन ०७० को निर्वाचन पछि नेतामा आएको वैचारिक स्खलन आन्तरिक सांगठिनिक विचलन र कार्यकर्ता संरषणमा नेताहरुले न हामीलाई ध्यान दिए न हामीले हाम्रो मातहतका साथीलाई सम्रक्षण दिन सक्यौ । यो निकै दर्दनाक पिडा थियो तै पनी त्यो दुःखद समयमा पनि हामी एक्लो ब्रीहस्पती थियौ यो सिलसिला आज सम्म जारी छ, भन्दा नाजायज न होल झै लाग्छ, जसरी धानेको छौ । एक्लै धानेको छौ ।
न हामीलाई कुनै नेता र मानानीय ज्युहरुको सन्तोनाको एक कलफोन आयो न भेटघाट र छलफल भयो । यो समस्या हामीमा निकै गहिरो छ । तपाईंलाई एउटा उदाहरण दिँउ हामीले संसदीय निर्वाचनमा हाम्रो मतबाट विजयी हुनु भएका मानानीय भुमी त्रिपाठी पूर्वमाओवादी केन्द्र इतर समुह भेला गरेर हिन्नुहुन्छ, माननिय स्वोयम इन्चार्ज रहेको वडामा मानानीय भुमी त्रिपाठी ज्युको उपस्थितिमा भएको भेला भनेको आफ्ना कार्यकर्तालाई कसरी संरषण गर्ने एकतावद्ध कसरी बनाउने भन्ने विषयमा छलफल भएको बुझिन्छ ।
हाम्रै मतबाट बिजयी मानानीय मन्त्री शालीकराम जमकट्टेल ज्यु सँग हामीले टेलिफोन संवाद गर्न सक्दैनौ, हामी सँग् भेटघाट छैन, यस्को म्यासेज के जान्छ भने कुन नेता मन्त्री मानानीय ज्युहरुले आफ्नो कार्यकर्तालाई कतिको अपग्रेड र सम्रक्षण गरेको छ भन्ने कुरा हो । यो ०६४ देखि यता हुनै सकेन भन्दा अतिस्युत्ती नहोला कुमार जी ।
हामी किन पछि पर्यों भन्ने कुरा खोतल्ने हो भने हामी ठेकेदार बन्न सकेनौ, पैसा कमाउन्कै लागि तस्कर बन्न सकेनौ, हामी आर्थिक रुपमा अतिकम्जोर भयौ, यहाँ सम्मकी तपाईंको दैनिकी गुजार कसरी चली रहेको छ भनेर सोध्ने समेत कोही पनि भएन, संरक्षण गर्ने गराउने कोही पनि भएन, त्यसैको प्रतिफल हामीले हामी मातहत कसैलाई सम्रक्षेण गर्न सकेनौ कुरा यही हो । माओवादी केन्द्रका लागि तपाईं हामीले इमान्दार भएर काम गरियो र आज तपाईं लखेटेनु भयो हामीलाई पनि लखेट्दै छन् हामी आलिक स्पात हुन सकेनौ कि तस्कर दलाल, चाकडी गर्नेहरुको अगाडि ?
अन्त्यमा
सिद्धलेकमा हाम्रो सह योद्धा कम्रेडहरुको रक्तिम बलिदानको अब प्रश्न उठ्नेछ, उहाँको परिवारले त उठार्इ नै रहनु भएको छ । त्यो संकटको घडीमा तपाईं हामीले स्थापित गरेको नेकपा माओवादी केन्द्रको एउटा जिउदो ईतिहासलाई हामीले आर्को यात्रामा निक्ली रहँदा हामीले शुभकामना दिनै पर्छ । निश्ठाले पेट नअघाउने रहेछ कुमार दाई, सयौ विचलित कार्यकर्ता झन विचलित हुनेछन् कति पिडाको कुरा छ भन्नुस्त ?
पूर्व मन्त्री कल्पना धमला ज्युको पालदेखी भएको सिल्सिलेवार धोकाले भुमी त्रिपाठी र शालिकराम जमकटेल सम्म आइ पुग्दा उस्तै छ कुमार कम्रेड, जगत सिम्खडा र सालीकराम जमरकटेलले नचिनेको तपाईं र म, भुमी त्रिपाठी र खेम लोहोनीहरुले चिनेनन भन्ने कुरामा मलाई खासै दुखेसो छैन ।
राजनीतिक गोरोटोको घुम्ती मोडहरु मात्रै हैन अहिलेको राजनीतिक गोल चक्र यहि अवस्थामा अगाडी बढ्न सक्दैन आम कार्यकर्ताहरुले प्रश्न गरि रहेका छन् हामीले तपाई हामीले त्यहि भनि रहेका थियो । महाधिवेशन पछि नेकपाले वैचारिक बाटो पकड्ने झिनो आशा छँदै थियो । जनताहरु तपाई हाम्रै पक्षमा थिए तर पनि तपाइ जुना यात्रामा निस्कनु भयो त्यसको लागि शुभकामना भन्दछु । बुढ्यौली उमेरले छोएको काम्रेड गोपी घले ज्यु, तपाइ सबैलाई रक्तीमा सलाम ।
मलाई आशा छ तपाई हामी फेरि नव सामन्तवाद र शंसोधनवाद रमाएका तस्कर तन्त्रको विरुद्ध लड्न नेकपा मै फर्कनु हुनेछ तपाईं आउने बाटो हेरी रहेछु ।
तपाईंको सहयोद्धा
केशब थापा मगर
सिद्धलेक गाउँपालिका ४
९८५१२४०१४३
