
धादिङ भाद्र २९ । धादिङको धुनीबेसी नगरपालिका ८ स्थित खानिखोलामा मुकुन्द भुजेलको घरमा ग्यासको सिलिन्डर आगोलागि सीता भुजेल घाईते हुनेभएको छ ।
सोमबार साँझ खाना पकाउने ग्यासको सिलिण्डर पड्कँदा आगलागीमा परि मुकुन्द भुजेलको श्रीमती सिता भुजेल घाईते हुनुभएको प्रहरीलार्य उदृढ गर्दै रामचन्द्र थापाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
आगलागीबाट भुजेलको जस्ता पाताले बनाएको २ कोठाको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घर भित्र रहेका केही सरसमान सहित करिब २ लाख जति क्षति भएको छ । नगर प्रहरी र ईलाका प्रहरी कार्यलय खानिखोलाको टोलिले, स्थानीय बासिन्दाहरु सहयोगमा आगो नियन्त्रणमा लिउको थियो ।
