
धादिङ भाद्र २४ । चीनबाट सुरुभएको कोरोनाको विश्व व्यापी बन्दै थियो , नेपालमा पनि दुई जना संक्रमित देखा परे सँगै नेपाल सरकारले गत चैत्र ११ गतेबाट लकडाउन सुरु गर्यो ।
लकडाउनको स्वरुप परिवर्तन भएपनि, नेपालमा कोराेनाको संक्रमितको संख्या बढि रहेको छ भने मृत्युदर पनि बढी रहेको छ । आजको मिति सम्म आईपुग्दा नेपालमा संक्रमित संख्या ४९,२१९ जना पुगेका छन् भने यस मध्य ३१२ जनाको मृत्यु भै भैसकेको छ ।
धादिङमा पनि अहिले सम्म २८२ जना संक्रमित भएका छन्, भने यस मध्य २ जनाको मृत्यु भएको छ । यस बीचमा तीन तहका सरकारमा प्रतिनीधित्व गर्ने जनप्रतिनीधिहरु कोरोना रोकथामका लागि राज्यले अवलम्बन गरेको योजनामा क्रियाशिल नै देखिएका छन् ।
हामीले धादिङका जनप्रतिनीधि बाहेकका, केहि नेताहरुलाई यो कोरोना महामारिको बीचमा कहाँ हुनु हुन्थ्यो, के गरि रहनु भएको छ, भनेर सोधेका थियौं । उहाँहरु सँग हाम्रा प्रतिनीधिले गर्नु भएको संक्षिप्त कुराकानी …
मोहन कार्की
नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
जनयुद्धमा धादिङका संस्थापक नेताका रुपमा चिनिने मोहन कार्की भन्नु हुन्छ, म धादिङबेसी सिरान बजारमा रहेको घरमा बसि रहेको छु, लामो समय भएको थियो घरमा बसेर श्रम नगरेको, श्रम गरें, सदरमुकाममा पार्टी कमिटीका साथीहरुले खवर गर्दा सामाजिक दुरीमा भएका केहि कार्यक्रममा पुगेको छु ।
पुष्पविक्रम मल्ल
संविधानसभा सदस्य एवम् नेकपा नेता
जनयुद्धका संस्थापक मध्यका एक नेता पुष्पविक्रम मल्ल यो कोरोना महामारिको बीचमा दुई पटक कार्यक्रममा धादिङ जिल्लामा आउनु भएको थियो । हाल काठमाडौं बनस्थली स्थित कोठामा बसि रहनुभएका मल्ल पुस्तक निकाल्ने तयारीमा रहेको बताउनु भएको छ । उहाँ भन्नु हुन्छ, अहिलेको नीतिगत विधिबाट समाजपादी क्रान्ति पुरा हुँदैन कसरी हुन्छ नेपालमा समाजवादी क्रान्ति भन्ने कुरा समेटेर पुस्तक निकाल्ने तयारी मै छु ।
रामनाथ अधिकारी
पूर्व सांसद, नेपाली काँग्रेस धादिङ
यो कोरोनाको महामारीको बीचमा धादिङबेसी सदरमुकाममा प्रायस देखिने नेता मध्य नेता रामनाथ अधिकारी पनि पर्नुहुन्छ । घरमा बस्दै आउनु भएका अधिकारी जनतका काममा उत्साह जनक रुपमा सहभागिता जनाउने नेताका रुपमा परिचित छन् । अधिकारी कोरोनाको प्रवाह नगरि पार्टी प्रवेस गराउने कार्यक्रममा पुगेको पनि देखिन्थ्यो तर हामी सँगको कुराकानीमा सामाजिक दुरी कायम भएको २–४ जना सम्मिलित केहि आन्तरिक कार्यक्रमहरुमा सहभागि भएको बताउनु भयो । अहिले घर मै छु । उहाँ भन्नु हुन्छ, सार्वजनिक कार्यक्रममा सहभागि भएको छैन कि घर कि धादिङबेसी यसैगरि दैनिककी बितिरहेको छ ।
रमेश धमला
सभापति, नेपाली काँग्रेस धादिङ
चलायमान नेताका रुमा परिचित रमेश धमला पछिल्लो पुस्ताका चतुर राजनीतिक खेलाडीका रुपमा चिनिनुहुन्छ । राज्यले कोरोना रोकथामका लागि सामाजिक दुरी पालन गर्न आव्हान गरि रहँदा पार्टी प्रवेसका कार्यक्रम राख्न निर्देशन दिने धमला धरै जसो पार्टी प्रवेस कार्यक्रममा आफै पुग्नुभएको छ । बसाईको हिसावले साँङ्कोस स्थित आफ्नै घरमा बस्दै आउनु भएको धमलालाई फोन सम्पर्क गर्दा फोन रिसिभ गर्नु भएन ।
कल्पना धमला
पूर्वमन्त्री, नेकपा नेता
अहिले मुलकु कोरोनाको संकट छ । आम नागरिकहरु यो संकटबाट प्रताडित हुनुहुन्छ । स्वास्थ्य जनजिविकामा राज्यले सम्बोधन गर्दा गर्दै पनि निकै नै अपुग जस्तो भै रहेको छ । म नेकपाको स्वास्थ्य विभागको संयोजक भएको नाताले पनि मैले सरकारको मातहतका स्वास्थ्य विभागहरुलाई सुझाव र सल्लाह दिने गरि रहेको छु । बसाई काठमाडौ मै हो । सार्वजनिक कार्यक्रमहरुमा सहभागि हुन सकिएको छैन । तर पनि पार्टीले दिएको जिम्मेवारी बहन मै छ ।
गुरु वुर्लाकोटी
संविधानसाभा सदस्य एवम् नेकपा नेता
म धेरै समय त ललितपुर स्थित भाडामा रहेको केठामा नै बेतित रहें तथापी साना तिना भेटघाट, पार्टीको अन्तरीक गतिविधिहरुमा यो महामारिको बीचमा पटक-पटक धादिङ आई रहेको छु । आज पनि म धादिङ सल्यानटार सडकमा यो वर्षाको समयमा धेरै ठाउँमा पहिरो गएको सडक, ठेकदारले हस्तान्तरण गर्ने बेला भएकोले अनुगमनमा छु । धादिङबेसी टारीबेसी सडक मर्मत कस्ले गर्छ ? २२ ठाउँमा भासियो, ८१ ठाउँमा पहिरो
रामबहादुर भण्डारी
नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वागमती प्रदेश
कोरोनाको पहिलो चरणको लकडाउनमा तीन साता म त्रिपुरासुन्दरी गाउँपालिका स्थित हासेपलमा रहेको घरमा बसें । घरमा रहँदा गाउँपालिकाका जन प्रतिनीधिहरु सँग बसेर कोरोना रोकथामको लागि योजनाहरु बनाउन खटियो । जनताको बारम्बार फोन र समस्याहरु आउन थालेपछि धादिङबेसी स्थित कोठामा रहदै जनताको काममा व्यस्त रहँदै आएको छु । जमघट नहुने खालका पार्टी कार्यक्रमहरुमा यस बीच जिल्लाका विभिन्न ठाउँमा सहभागि भएको छु ।
नेत्र पौडेल
अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), धादिङ
अहिले त काठमाडौं नै छु । खुल्ला हुँदा धादिङबेसी नै बसें, धरै जसो महादेवबेसीमा बसे । काम त यो बीचमा खासै केहि गरिएन । यो महामासीको रोकथामका लागि के गर्न सकिन्छ ? स्थानीय तह र जिल्ला प्रशासन सँग छलफल जनताबाट आएका गुनासो सम्बोधनको प्रयास मै रहेको छु ।
राजु नेपाल
नेता, जनता समाजबादी पार्टी
म काठमाडौमा छु । आन्तरिक पार्टीको काममा छु । यसो मिलेको बेला पुस्तक पढिरहेको छु । यो कोरोनाको महामारिको बीचमा विकास सम्बन्धी ३ वटा पुस्तक पढें । युरोपका हिजोका कम्युनिस्ट सत्ताहरु किन ढले । उनीहरुले सत्ता कसरी चलाए ? किन जनताले मन पराएनन ति सम्बन्धी खोज मुलक किताब पढिरहेको छु ।
कल्पना अधिकारी
नेतृ, नेपाली काँग्रेस
यो समयमा भुकम्प पछि घर निमार्ण गर्न सकेको थिईन घर निमार्ण तर्फ अधिकाँश समय व्यतित भयो । केहि समय सहित्यिक सृजनामा पनि लगाए, कर्ण दासको म गर्न सक्छु भन्ने उर्जाशित पुस्तक पढें भने जनताबाट आएका, असाह्य मजदुरहरुका समस्याका कुरा सम्बोधन गर्न सम्बन्धीत निकायहरुको ध्यानाकर्षण गराउने कार्यमा सहभागि भएँ ।
सृजना रिजाल
नेतृ, जनता समाजबादी पार्टी
म काठमाडौमा छु । कोरोनाले गर्दा आजकल खास काम छैन मेरो । आन्तरिक रुपमा महिला संगठनको काम गरिरहेको छु । भर्चुअल मिटीङ गर्छु, महिलाहरुको समस्या र अधिकारको कुरा बहसमा ल्याउने काम गरि रहेको छु । बिहान बेलुका कोरोनाको अपडेड सुन्छु ।
राम ढकाल
अध्यक्ष जनता समाजबादी पार्टी धादिङ
म यो महामारीमा अहिले तत्काल त धादिङबेसी कोठामा छु । यो लकडाउनको पुरै अबधिमा चाहि कहिले गाउँ कहिले धादिङबेसीआउने जाने गरियो ।
यो अबधिमा अरु राजनीतिक गतिविधि त भौतिक रुपमा गर्ने कुरा भएन उही फोन मार्फत पार्टीका साथीहरुसग सम्बाद गरियो । अरु आफ्नो दैनिक जस्तै मर्निङ वाल्क गर्ने, बुकहरु पढ्ने आदिमा दिन बितिरहेको छ ।
