जस्तापाता पुर्याउन गएको गाडी पल्टदा बेहुलाको मृत्यू

Avatar photo
Dhadingpost
भदौ ९, २०७२

ठाकुर गुरुङ / सिताराम साप्कोटा
धादिङ मुलपानी । उत्तरी धादिङको मुलपानी गाविसका भुकम्प पिडितलाई जस्ता पुर्याउन गएको गाडी मंगलबार राती ८ः३० बजे पल्टदा १ जनाको ज्यान गएको छ ।
asasas copyधादिङबेसी बाट राहातको जस्ता बोकेर मुलपानी हिडेको बा.२ ख. ४०४५ को स्वराज गाडी सल्यानकोट चिसापानीमा पल्टदा फुलखर्क घर भएका वर्ष २२ का अशोक विकको घटना स्थल मै मृत्यू भएको हो ।
मृतक विक पोखराबाट विवाह गरि दुलही घर भित्राउन फुल खर्क आउँदै थिए ।
1 copyदुर्घटनामा घाईते भएका ६ जनाको जिल्ला अस्पताल धादिङबेसीमा उपचारत छन् ।
घाईते हुनेहरुमा फुलखर्क घर भएका चेतबहादुर विक, सिमा विक, रामकाजी राना, मिलन राना, बेहुली सहित अन्य २ जनाको नाम खुल्न सकेको छैन ।