
धादिङबेसी भाद्र १९ । धादिङबेसी स्थित जिल्ला अस्पताल परिसरमा रक्तदान कार्यक्रमो आयोजना गर्दै ५८ औं रेडक्रस दिवस मनाईएको छ ।
नेपाल रेडक्रस सोसाईटी धादिङले ५८ औं रेडक्रस दिवसको अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
ताली बजाउनुहोस् भन्ने नाराका साथ सुरुभएको उक्त रक्तदान कार्यक्रममा १३ जना महिला ४८ जना पुरुष गरि ६१ जनाले रक्तदान गरेका थिए ।
