धादिङ लापामा कार्यरत प्रहरी हवल्दार घले, नगद सहित सम्मानित

Avatar photo
Dhadingpost
भदौ ५, २०७७

धादिङ भाद्र ५ । धादिङको रुबीभ्याली गाउँपालिका स्थित लापा प्रहरी चौकीमा कार्यरत हवल्दार झलक बहादुर घले नगद सहित सम्मानित हुनुभएको छ ।

साउन २८ गते देखि परेको अविरल वर्षाको कारण रुबीभ्यालीको वडा नम्बर ५ र ६ का १०६ घर धुरी पहिरोको जोखिममा परेको अवस्थामा जोखिमका परेका स्थानीयहरुलाई सुरक्षित स्थानमा अहम्भुमिका निभएको भन्दै साउन महिनाको सर्वोत्कृष्ट धादिङ प्रहरी घोषणा सहित हवल्दार घले नगद सहित सम्मानित हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङ हरेक महिना महिनाको सर्वोत्कृष्ट धादिङ प्रहरी घोषणा गर्दै आई रहेको छ, यस अन्तरगत साउन महिनामा प्रहरी चौकी मैना पोखरी दोलखा दरबन्दी भई हाल धादिङ लापामा प्रहरी चौकीमा कार्यरत घलले अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित हुने गरि कार्य सम्पादन गरेकोले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

x