धादिङ पहिरोको जोखिम स्थल हिन्दुङ पुगे, सांसद जगत सिंखडा

Avatar photo
Dhadingpost
भदौ १, २०७७

धादिङ भाद्र १ । उत्तरी धादिङको रुबी भ्याली गाउँपालिकामा गएको विभिन्न पहिरोको निरिक्षण गर्दै पहिरोको उच्च जोखिम रहेको हिन्दुङ बस्तीमा प्रदेश सांसद जगत सिंखडा सहितको टिम पुगेको छ ।

रुबी भ्याली गाउँपालिकाका उप प्रमुख विना लामा र रेडक्रस सभापति नारायण तिमल्सिना सहित हिन्दुङ पुग्नु भएको सांसद सिखडाले उच्च जोखिममा रहेका स्थानीयहरुलाई तत्काल सुरक्षित स्थानमा लगिने बताउनु भएको छ ।

०७२ सालको भुकम्पका कारण सरकारले रेड जोनमा राखेको उक्त हिन्दुङ गाउँका स्थानीयहरुलाई स्थानान्तरणको लागि २ लाख र घर बनाउनको लागि ३ लाख गरि ५ लाख दिएको थियो ।

गाउँपालिकाले प्रति परिवारको लागि बोराङमा ४ आना जग्गा उपलब्ध गराए पनि खेती किसानीको लोभले अधिकाँस हिन्दुङबासीहरुले गाउँ छाडेका छैनन्, अहिले फेरि गाउँको तलबाट पहिरो बग्न सुरु भएकोले पहिरोको उच्च जोखिममा परेको सांसद सिंखडाले धादिङपोष्टलाई बताउनु भयो ।

मैले स्थलगत अवलोकन नै गरेर आएँ, ९४ घर अहिले तत्काल सुरक्षित स्थानमा नगई सुखै छैन कति खेर बग्ने हो ठेगान छैन गाउँपालिका सँग समन्वय गरेर तत्काल उनीहरुलाई सुरक्षित स्थानमा लैजान अनुरोध गरेको छु । अहिले रेडक्रको सहयोगमा ४५ थान त्रिपाल प्रदान गरिएको समेत उहाँले बताउनु भयो ।

यस्तै रुबिभ्यालि गाउँपालिकाको ६ सय घरधुरि रहेको सेर्तुङ गाउँ पनि पहिरोको जोखिममा परेको छ ।

त्यसैगरी लापाको नजिकै रहेको कपुरगाउँमा पनि माथि बाट पहिरो झर्ने क्रम नरोकिएको र पहिरोको जोखिममा रहेको समेत सांसद सिंखडाले बताउनु भयो । यस्तै रूवीभ्याली २ सिम्पले र दक्दुङ बस्तीका केहि घरहरु समेत पहिरोको जोखिममा छन् ।

सबै ठाउँमा पुग्न उत्तरी धादिङ भौगोलिक अवस्थाले गर्दा नसके पनि हेलि मार्फत र पहिरोको अवस्था हेरेका छौं । स्थानान्तरण पनि गर्नु पर्ने देखियो उप प्रमुख विना लामाले धादिङपोष्टलाई बताउनु भयो ।

रुबीभ्याली गाउँपालिकाका सम्पूर्ण खवरहरु तलबमे लिङ्कमा

x