रुबीभ्यालीको रको खोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयलाई सकस

Avatar photo
नारायण सिलवाल
साउन ३१, २०७७

धादिङ साउन ३१ । धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित रको खोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयलाई खोला तर्न सकस भएको छ ।

शुक्रबार परेको अविरल वर्षाले भएको साँघु पनि बगाउन लागेको छ । तर पनि जोखिम मोल्दै काठको साँघुबाट आवत-जावत गर्न वाध्य छन् , नेकपा धादिङका नेता मिम्बा तामाङले धादिङपोष्टलाई बताउनु भयो ।

नेता तामाङ भन्नु हुन्छ, यो ठाउँमा झोलुङ्गे पुल बनाउन कादुरी भन्ने संस्थाले प्रयास गरेको हो तर बनाएन, सरकारको दुर्गम क्षेत्र विकास कार्यालय पुलचोक काठमाडौले पनि स्थलगत सर्भे गरेको थियो तर बनाएन ।

सांसद देखि विभिन्न निकायलाई यो ठाउँमा बनेको साँघु प्रत्येक वर्ष रको खोलाले बगाउने हुँदा झोलुङगे पुलको अवश्यकता भएको भन्दै स्थानीयहरुले माग गरे तर अहिले सम्म सुनुवाई भएको छैन ।

दैनिक २०० भन्दा बढी आवत जावत गर्ने यस खोलाको साँघु भलले भत्कदाँ रुबि भ्याली वडा ५ लापा ठूलो गाउँ र रुबिभ्याली-५ ब्राम्दाङ, तायुङ, ढिपगाङ अनि रुबि भ्याली-६ कुप्चेत लगायतका स्थानीयहरुलाई सकस पैदा भएको छ ।