सिआईबी बनेर ठगी गर्न खोजेको अभियोगमा धुवाकोटका शंकर अधिकारी पक्राउ

Avatar photo
Dhadingpost
साउन ३०, २०७७

धादिङ साउन ३० । आफूलाई आलोचना साप्ताहिकको पत्रकार बताउने धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटका शंकर अधिकारीलाई सिआइबीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अधिकारी हुँ भन्दै विभिन्न व्यावसायीलाई धम्काएर पैसा माग्ने गरेको अभियोगमा अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको नेपालटारमा कोठा लिएर बस्दै आएका अधिकारीले एक व्यावसायीलाई अख्तियारमा मुद्दा परेको छ । उक्त मुद्दा सदर भई पक्राउको लागि सिआयबीमा पत्राचार भएको छ । मुद्दा हेर्ने सिआइबिका इन्सपेक्टरले रु ५ लाख रुपैयाँ दिएमा मुद्दा ढुस बनाउने नत्र कुनै पनि समयमा तपाईंलाई प्रहरीले पक्राउ गर्छ’ भन्दै धम्काएको सूचना पाए पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सिआईबीले बसुन्धाराबाट पक्राउ गरेको थियो ।