धादिङमा कोरोना रोक्न कर्फ्यु लागु

Avatar photo
Dhadingpost
साउन २९, २०७७

धादिङ साउन २९ । जिल्लामा कोभिड-१९ को संक्रमितहरुको संख्यामा बृद्धि भए सँगै जिल्ला प्रशासन धादिङले आज देखि कर्फ्यु लागु गर्दै मालबहाक र एम्बुलेन्स सेवा बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले मालबहाक गाडी र एम्बुलेन्स सेवा बाहेकका सबै सेवाहरु बन्द गर्दै कर्फ्यु लागु गरेको हो ।

कर्फ्यु लगाए सँगै अत्यावश्यसीय सेवा अन्तरगत पर्ने दुग्ध किसानहरुलाई प्रत्यक्ष रुपमा असर परेको छ । विगतको लकडाउनमा समेत हामीले सुरक्षित बन्दै दुध विक्रि गरेका थियौं तर यो पटक देखि दुधको गाडी समेत नचल्ने जनाउँदै दुग्ध संकल केन्द्र बन्द हुँदा मर्कामा परेको दुग्ध किसानहरुले बताए ।

संक्रमण रोक्न भन्दै जिल्ला सुरक्षा समितिले बिहिबार देखि लागुहुने गरि गरेको निर्णयमा अत्यावश्यक सेवा अन्तरगत पर्ने, खाद्यान्न पसल, दुग्ध पसल, औषधी जन्य गाडी, संचारका साधन, छापाखाना, विद्युतका साधन लगायतका सेवाहरुमा रोक लगाएको देखिन्छ ।