
धादिङ साउन १८ । धादिङबेसी सदरमुकाममा राजा महेन्द्रको निर्देशनमा २०२३ सालमा निमार्ण गरिएको पशुपति मन्दिर शनिबार राती चोरी भएको छ ।
धादिङबेसी बसपार्क पारिपट्टि नीलकण्ठ नगरपालिका १२ साङ्कोसमा रहेको पशुपति मन्दिरको भित्री भागमा रहेको जलारी १ थान र तामाको २ थान अम्खरा चोरी भएको स्थानीय मिलन भण्डारीले बताए ।
जिल्ला सदरमुकाम धादिङबेसी झर्नु भन्दा पहिला २०१९ सालका यस क्षेत्रमा पशुपति मिन्दर बनाउन छलफल गरिएको र २०२३ सलामा राजा महेन्द्रले शिवमन्दिर बनाउन अनुमति दिए सँगै मन्दिर बनेको रामनाथ योगीले धादिङपोष्टलाई बताए ।
योगीका अनुसार धादिङबेसी सदरमुकाम रहेको क्षेत्रमा वयरघारी र केहि भुभाग खेतको फाँट थियो । साङ्कोष, मुरलीभञ्ज्याङ, पाल्पा र साँखुका स्थानियहरुको पहलमा पशुपतिनाथको मन्दिर निर्माण गरियो मन्दिर निर्माणको वर्ष नै गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा शतबिऊ छर्ने चलन बसेको थियो ।
पत्येक मंसिरको वाला चतुर्दशी दिन मेला लाग्ने यस मन्दिरमा सदरमुकामका स्थानीयहरु दैनिक रुपमा पुजाआजा गर्ने गर्दछन् ।
