
धादिङ साउन १६ । जिल्ला प्रशासन कार्यालय धादिङले काठमाडौं प्रवेशका लागि सवारी पास दिन बन्द गरेको छ ।
शुक्रबार १० बजे सम्ममा पास लिन आएका २ सय भन्दा बढी व्यक्तिहरुलाई पास दिन नमिल्ने बताउँदै प्रशासनले फर्काइ दिएको छ ।
गंगाजमुना गाउँपालिकाकी ७७ वर्षिय विष्णुकुमारी अधिकारी विरामी परिन्, उनलाई इन्डोस्कोपी गर्नु पर्ने भनेर जिल्ला अस्पतालले रिफर गर्यो, आर्थिक अवस्था कमजोर उनलाई एउटा प्राईभेट गाडीले निशुल्क काठमाडौ लगिदिन सहमत भयो । जिल्ला प्रशासनले एम्बुलेन्स भन्दा अन्य गाडीमा बिरामी लान नसकिने भनेर फर्काइ दियो ।
पासबन्द भनि रहँदा केहि साना मान्छे बोक्ने गाडी भने पास लिएर काठमाडौं गएको पनि हामीले फेला पार्यौं, यस विषयमा जिल्ला प्रशासनका एक कर्मचारीले भने आजको लागि हिजै लिएको पास होला, तर आज पास दिएका छैनौं ।
गृह मन्त्रालयले बिहिबार साँझ देखि लागु हुने गरि अर्को सूचना जारी नहुँदा सम्म साँझ ७ बजे देखि बिहान ७ बजे सम्म काठमाडौ प्रवेस नाकाबाट जाँने सवारी साधनलाई पास बन्द गर्न सूचना जारी गरे सँगै जिल्ला प्रशासन धादिङ दिनमा समेत पास बन्द गरेको हो ।
सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय धादिङ काठमाडौ प्रवेस नाकाको चेकजाँचतमा कोरोना पोजेटिभ भेटिएको र जिल्लाको आन्तरिक सवारीमा कुनै रोक नभएको कारण हाललाई पास बन्द गरिएको बताएको हो ।



