
धादिङ साउन १३ । सरकारले भ्रष्टाचारको आराेप लागेकाे नेपाल रेडक्रस साेसाईटीकाे कार्यसमिति भंग गर्दै नयाँ तदर्थ समिति गठन गरेकाे छ ।
सरकारले बनाएकाे रेडक्रसको तदर्थ समितिकाे काेषाध्यक्षमा धादिङका निवर्तमान अध्यक्ष सिताराम काेईराला चयन भएका छन् ।
सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको हाे । मोरङका नेत्रप्रसाद तिमिल्सिनाको नेतृत्वमा बनेकाे तदर्थ समितिकाे उपाध्यक्षहरुमा डा विश्वकेशर मास्के, शर्मिला कार्की, महामन्त्रीमा पिताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला र उपकोषध्यक्षमा होमप्रसाद पाठक रहेका छन् । उपमहासचिव केन्द्रीय कार्यसमितिले तोक्ने गरी निर्णय भएको छ ।
समितिको सदस्यमा श्रीकृष्ण दाहाल, अरुण खनाल, तीर्थराज घिमिरे, लेखबहादुर हमाल, छेपाल दोर्जे लामा तामाङ, इन्द्रबहादुर गुरुङ, प्रताप विष्ट, कुमार थापा र बाबुराजा महर्जन रहेका छन् ।
यस्तै शम्भुप्रसाद पोखरेल, शिवकुमार थापा, अशोक श्रेष्ठ, बाबुराम भट्टराई, उद्धवराज भट्टराई, चन्द्रकला कार्की, प्रदीप घिमिरे, नागेन्द्रप्रसाद चौधरी, उमेश थापा, लोकराज ढकाल, खेमराज केसी, दीपेन्द्र ढकाल, श्यामप्रसाद डोटेल, सुवोधकुमार सिंह, जीवन राना, महेन्द्र श्रेष्ठ, लोकदर्शन श्रेष्ठ र मोहन पोखरेल रहेका छन् ।
