नेकपा धादिङद्वारा विज्ञप्ती जारी, पीडितको उद्दार तथा उपचारमा ध्यान दिन आग्रह

Avatar photo
Dhadingpost
साउन ६, २०७७

धादिङ साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले एक प्रस विज्ञप्ती सार्वजनिक गर्दै स्थानीय तथा तथा कार्यकर्तालाई यो प्रकृतिक विपत्तीमा पीडितको उद्दार तथा उपचारमा ध्यान दिन आग्रह गरेको छ ।

नेकपा धादिङले त्रिपुरासुन्दरी, गजुरी र थाक्रे गाउँपालिकाका पहिरोले पुरेर र खोलाले बगाएर ५ जनाले ज्यान गुमाउनु परेको घटना प्रति विज्ञप्ती मार्फत दुख व्यक्त गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, यो विषम परिस्थितिमा उद्धार राहात र पुनरस्थापनामा सक्रियता पुर्वक लाग्न, क्षेति न्यूनिकरण गराउन तथा घाईतेको उपचारमा विशेष ध्यान पुर्याउन तीनै तहका सरकार, पार्टी पंति र कार्यकर्ताहरुमा अपिल गर्दछौं ।

विज्ञप्ती जस्ताको तस्तैः