धादिङ अस्पतालको टिकटको मुल्य बृद्धि फिर्ता

Avatar photo
Dhadingpost
साउन १, २०७७

धादिङ साउन १ । जिल्ला अस्पताल धादिङ ले टिकटमा गरेको शुल्क बृद्धिको बारेमा समाचार प्रकाशित भए सँगै मुल्यबृद्धि फिर्ता लएको छ ।

अस्पतालले सुचना टाँसगरी यस अघि १० रुपैयाँ दस्तुर लाग्ने ओपिडी टिकट शुल्क आज देखि २५ रुपैयाँ र ५० रुपैयाँ लाग्ने इमरजेन्सी टिकटमा ७५ कायम भएको जनाएको थियो । ।

जिल्ला अस्पतालले टिकट शुल्कमा भारी बृद्धि गरेको खवर सार्वजनिक भए सँगै दवावमा परेको अस्पताल व्यवस्थापन समितिले बढाएको मुल्य एक दिन पनि टिक्न सकेन टिकटको मुल्य पुरानै कायम गर्न वाध्य भएको छ ।

अस्पताल प्रसाशन सूचना टासगरेर टिकटको मुल्य बढाए पनि फिर्ता भएको जानकारी भने सूचना टाँस गरेको छैन । अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार मुल्य बृद्धि फिर्ता भएको छ, काउन्टरमा टिकटको बढेको मुल्य हटिसकेको छ ।

धादिङ जिल्ला अस्पतालको टिकट शुल्कमा भारी बृद्धि