घरमा आगलागी, ६ लाख बराबरको क्षेती

Avatar photo
Dhadingpost
असार २५, २०७७

धादिङ असार २४ । सोलार व्याट्री पड्किँदा भएको आगलागीबाट नेत्रावती डबजोङ गाउँपालिका–४ मा ६ लाख बराबर क्षेती भएको छ ।

नम्बर ४ स्थित तुल बहादुर तामाङको घरमा राखिएको सोलार ब्याट्री पड्कदा घर आगलागी भएको हो । बुधबार भएको उक्त आगलागीबाट उनको घर पूर्ण रुपमा जलेको र लत्ताकपडा, नगद १ लाख ५० हजार, जिन्सी सामान ४ लाख ५० हजार गरि ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

के कारणले ब्याट्री पड्किएको हो त्यो बरेमा अनसन्धानसुरु गरिएको प्रहरीले जनाएको छ ।

x