धादिङमा जनयुद्धका सहिद द्वन्दु र सागरको स्मृति दिवस मनाईयो

Avatar photo
Dhadingpost
असार २२, २०७७

धादिङ असार २२ । धादिङबेसीमा जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार धादिङले नुवाकोट तारुका प्रहरी चौकी आक्रमणको क्रममा सहादत हुने गणेश तामाङ (द्वन्दु) र राजु दाहाल (सागर) को १९ औं स्मृति दिवस मनाएको छ ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख एवम स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि जगननाथ नेपालले गणेश तामाङ (द्वन्दु) उत्तरी धादिङको पहिलो कम्युनिष्ट नेता भएको दावी गरेका थिए । सयौं पटक काँग्रेस र राप्रपाबाट कुटाई खाएका द्वन्दुलाई तात्कालिन एमालेले बुझ्न नसक्दा विद्रोह गरि जनयुद्धमा गएको बताएका थिए ।

कयौ दिन गणेश तामाङ (द्वन्दु) सँग उत्तरी धादिङमा संगठन विस्तार गर्दै हिडेको स्मरण गर्दै प्रदेश सांसद डा.रामकुमार अधिकारीले कमरेड सागर सँग मेरो चिन जान हुन सकेन तर द्वन्दु सँग तात्कालि मालेमा पञ्चायत विरुद्धको आन्दोलनमा सँगै भएको बताएको ।

यस्तै नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले गणेश तामाङ (द्वन्दु) र राजु दाहालको प्रहरीद्वारा हत्या गरिएको सुवर सुन्दा तात्कालिन राज्य व्यवस्था विरुद्ध रगत तात्यो र पूर्णकालिन हुने जोस पैदा भै यी दुई जनाले सहदत प्राप्त गरेको १३ दिनको दिन तात्कालिन माओवादीको पूर्ण कालिन कार्यक्रता बनेको बताएका थिए ।

जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार धादिङका अध्यक्ष रामबहादुर भण्डारीकाे सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन बिनोदबाबु रिमालले गरेका थिए ।

तारुका चौकी आक्रमण द्वन्दु र सागरको सहादत

जितेन्द्र तामाङ

२०५८ असार २२ गते प्रहरी संग प्रत्यक्ष मुडभेट, लडाइँमा सहभागी हुँदै थियौं । धादिङ जिल्लाको मुख्य कमण्डर टिम, नुवाकोट जिल्ला त्रिशुली नदि पुर्ब ५ जना र चितवन बाट ३ जना गरि करिब ८०-८५ जनाको जनाशक्ती धादिङ, धुवाकोटको चिन्नेखर्कमा केन्द्रित भयो ।

युद्धको सम्पुर्ण अन्तिम तयारी, कोचिङ, शक्ति बिन्यास, हात हतियार परिचालन पश्चत असार २२ गते रति को हाम्रो निशाना नुवाकोटको तारुका प्रहरी चौकी माथी थियोे । चिन्नेखार्ख बाट २१ गते राती अन्तिम सेल्टर धुवाँकोटकै पात्लेमा २१ गते राति देखि २२ गते दिनभरको लागी क्यम्पिङ भयो ।

यसक्षेत्र हाम्रो बिकसित आधार इलाका भएको हुनाले योजना नखुल्ने कुरामा ढुक्क थियो । पात्लेबाट ७ बजे तिर फाइट फर्मेसन आ-आफ्नो ग्रुप अनुसार केही अगाडि,पछाडी मुभ भएर काहुले गाउँ कट्न साथ जंगलको छेउमा बाटोमा रातिको ८ बजे अन्तिम रोलकलमा गर्यो र युद्धको अन्तिम निर्देशन भयो ।

वर्षायाम भएकोले हाम्रो यात्रा संगै सिम सिम पानी परिरहेको थियो । रातको १०:२० फायर खोल्ने आदेश अनुसार १०:५ मा नै एसल्टको मुख्य सबै टोलि आर्कमा पुगेर पुलिसको बंकरमा निशाना लिनपुगे । पुलिसको सेन्ट्रीहरुले हाम्रो कुनै चाल पाएन । ठिक १०:२० मा १ नं. एसल्टले पहिलो फयरिङ खोल्यो र पहिलो टर्गेट्मा नै सेन्ट्री बसेको एक पुलिस ढल्यो ।

रिजर्भ ग्रुपहरु २०-२५ मिटर टाढा नै रोकिएर बसेका थिए, फायर खुल्ने बितिक्कै एकैपटक होमिङका साथ अगाडि बढे । लडाइँको पहिलो पहालकदमि हाम्रो नियन्त्रणमा लिन सफल भयो र प्रहरी दाजुभाइलाई हाम्रो लडाइँ र दुश्मनी तिमीहरू संग होइन हतियार बुझाउ ज्यान बचाउको कासन धेरै पटक गरियो तर निरन्तर प्रतिकार गरे पछि ३ नं. मुख्य एसल्टलाई माइन चढाउने आदेश मुताबिक माइन चढाउन जाँदा कमरेडराजु दाहाल (सागर) को प्रहरीको गोलि लागेर शहदत भयो ।

कमरेड सागरको सहदत पछि आक्रोशित भएर हाम्रो तर्फबाट भीषण आक्रमण भयो ठूलो बिल्डिङ हुँदा पुलिसलाई नियन्त्रण गर्न गह्रो भयो पुन ३ नम्बर ग्रुपले माइन चढार विस्फोट गराए पछि लगभग लडाइँ अन्तिम भयो ।

१० जना पुलिस दाजुभाइले संसारबाट बिदा लिए । १ घन्टा भित्र फाइनल गर्ने योजना भए पनि लडाइँ २ घन्टा चल्यो । आधा टोलि सर्च र आधा टोलिले वरिपरि घेरेर ब्लकिङ गरिरह्यो । सर्च कार्वाही हुँदै गर्दा कृषि बैंकको तलामा लुकेर बसेका एक पुलिसले ग्रिनेट प्रहर गर्यो र पुन: त्यही ग्रिनेट टिपेर पुलिस माथि प्रहर गर्न खोज्दा कमरेड गणेश तामाङ (द्वन्दु) गम्भीर घाइते हुनु भयो, उपचारको क्रममा उहाँको पनि सहदत भयो ।

धादिङ जिल्ला दार्खा,धार्ना को गणेश तामाङ (द्वन्दु) धादिङ जिल्लाको जनता र कर्याकर्ता बिच एक स्थापित नेता, लोकप्रिय, क्षमतावन, निडर, सहासी नेता हुनु हुन्थ्यो । एमालेबाट राजनीति सुरु गर्नु भएका कमरेड गणेश तामाङ एमालेको संसोधनबादी गद्दार तथा अवसरबाद र आत्मसमर्पणबादी दलालले जनतामा फैलाएको भ्रम र भ्रष्टाचार विरुद्ध बिद्रोह गर्दै २०५४ को स्थानीय निर्वाचन पछि महान जनायुद्धमा सामेल हुनु भएको थियो । उहाँलाई नेता रामबहादु भण्डारीले टिका लगाए पार्टी प्रवेस गराएका थिए ।

छोटो समय हाम्रो सहकार्य भए पनि उहाँको अदभूत कला, कार्यशैली, विवेकसिलता, धैर्यता, बिचार, संगठनिकता मेरो निम्ति सधैं प्रेरणाको स्रोत बन्यो । तत्कालीन नेकपा माओवादी धादिङ जिल्ला पार्टीको ८-९ जनाको जिल्ला समितिको उहाँ एक सदस्य हुनु हुन्थ्यो । र तामाङ राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

धादिङ, निलकण्ठ, चिसापानीको कमरेड राजु दहाल (सागर) धादिङ छापामार स्क्वयट दलको एक योद्धा हुनुहुन्थ्यो । कमरेड सागर सँग मैले पुर्णकालिन भएदेखी नै निरन्तर सहाकार्यको अवसर मिलेको थियो । निक्कै नम्र स्वभाव, इमानदार र मिलनसार कमरेड सागर निक्कै निडर, सहासी, लडाइँमा भरपर्दो एक योद्धा हुनुहुन्थ्यो, त्यसैले उहाँलाई तारुका चौकी आक्रमणको मुख्य ३ नं. एसल्ट कमरेड कोन्डुलको नेतृत्वमा रहेको सेक्सनको मुख्य काम माइनिङको जिम्मेवारी कमरेड सागरलाई दिएको थियो ।

पढेका र सुनेका युद्ध इतिहास हामी आफैं युद्धमा प्रत्यक्ष सहभागी भए, लडे, रगतको खोला संग परिचीत भए,कायौ पटक मृत्युको मुखैमा पुगेर पनि पुन जिवनमा फर्किए, बम, बन्दुक, गोलि, घाइते हुनु, मर्नु र मार्नु पनि सामान्य थियो त्यो बेला आज १८ बर्ष पुगेछ । हाम्रो त्यो इतिहास आज सुन्ने र पढ्नेहरुको लागी कथा जस्तै भएको छ ।

x