
धादिङ असार ११ । बागमती प्रदेश सरकारको असार २ गते सम्पन्न प्रदेश सभाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
बागमती प्रदेश सरकारले छुट्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को उक्त बजेट स्थानीय तहका लागि बाँडफाँड गरेको छ ।
जसमा बागमती प्रदेशबाट धादिङका स्थानीय तहहरु धुनीबेसी नगरपालिकाले ४ करोड ९७ लाख ६१ हजार, नीलकण्ठ नगरपालिकाले ७ करोड १ लाख ४४ हजार, खनियाबास गाउँपालिकाले ५ करोड ६२ लाख ३८ हजार र गंगा जमुना गाउँपालिकाले ५ करोड ८९ लाख ९४ हजार पाउने भएका छन् ।
यस्तै गजुरी गाउँपालिकाले ७ करोड ७० लाख ३७ हजार, गल्छी गाउँपालिकाले ४ करोड ७७ लाख ९ हजार, ज्वालामुखी गाउँपालिकाले ६ करोड ३५ लाख ७१ हजार, त्रिपुरासुन्दरी गाउँपालिकाले ४ करोड ४८ लाख, ९४ हजार पाउने भएका छन् ।
यसैगरी थाक्रे गाउँपालिकाले ४ करोड ६८ लाख ६२ हजार, नेत्रावती डब्जोङ गाउँपालिकाले ८ करोड ९० लाख, ६२ हजार, बेनीघाट रोराङ गाउँपालिकाले ८ करोड ५५ लाख ६२ हजार, रुबीभ्याली गाउँपालिकाले ३ करोड ७४ लाख ९५ हजार र सिद्धलेक गाउँपालिकाले ५ करोड ७८ लाख ३२ हजार पाउने भएका छन् ।
अन्तर सरकारी वित्तीय हस्तान्त्रण ( स्थानीय तह)


