सांसद डा. रामकुमार अधिकारीद्वारा समाचारको खण्डन

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०७७

धादिङ जेष्ठ ३० । धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले एक अनलाईन मिडियाले पहुँचको भरमा क्वारेन्टिनबाट निकालेर लगे भन्ने शिर्षक राखेर तथ्यहीन, भ्रामक, कपोकल्पीत र अनर्गल समाचार लेखेको भन्दै प्रेस विज्ञप्तिद्वारा खण्डन गरेका छन् ।

सांसद अधिकारीले प्रेस विज्ञप्ति मार्फत भनेका छन्, नीलकण्ठ १४ धुँवाकोट घर भई भारतबाट आएकालाई धादिङबेसी बालमन्दिरमा बनाईएको क्वारेन्टिनमा नीलकण्ठ नगरपालिकाले राखेको थियो ।

क्वारेन्टिनमा बस्नका लागि उपयुक्त व्यवस्थापन नभएको पटक पटक गुनासो आएपछि नीलकण्ठलाई समन्वय गर्दा आफ्नै वडामा राख्नु भने पछि स्वकिय सचिव प्रदिप शाहले ७ जनालाई बालमन्दिरबाट वडाले बनाएको क्वारेन्टिमा राखिएको विषयलाई अनर्गल प्रचार गरिएको सांसद अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्ति जस्ताको तस्तैः