
धादिङ जेष्ठ ३० । जिल्लाको २ नगरपालिका र ६ गाउँपालिकामा ३१ जना कोरोना संक्रमित फेला परे सँगै धादिङमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
बिहिबार सम्म ३१ जना संक्रमितहरुको अंकमा शुक्रबार १ जना थपिए सँगै धादिङ जिल्लामा संक्रमितको संख्या ३१ पुगेको हो ।
बिहिबार थपिनेमा सिद्धलेक गाउँपालिका वडा नम्बर २ का ३५ वर्षिय एक पुरुष छन् उनी भारतबाट आई सिद्धलेक गाउँपालिकाले बनाएको क्वारेन्टिमका बस्दै आएका थिए । संक्रमित मध्ये ३ जना निको भएर घर फर्कि सकेका छन् ।
धादिङका कहाँ कहाँ भेटिए संक्रमित
१. नीलकण्ठ नगरपालिका १७ जना
२. त्रिपुरासुन्दरी गाउँपालिका ७ जना
३. नेत्रावती डब्जोङ गाउँपालिकामा १ जना
४. गल्छी गाउँपालिकामा १ जना
५. थाँक्रे गाउँपालिकामा १ जना
६. धुनीबेसी नगरपालिकामा १ जना
७. सिद्धलेक गाउँपालिकामा २ जना
८. गजुरी गाउँपालिकामा १ जना

