धादिङका जन सरकार प्रमुख खतिवडाद्वारा पार्टी परित्याग

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०७७

धादिङ जेष्ठ २४ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङका जन सरकार प्रमुख लक्ष्मण खतिवडाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

०७४ सालमा नेकपा प्रवेस गरि हाल जिल्ला जनसरकार प्रमुख भएका खतिवडाले शनिबार एक विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

प्राण घातक रोग क्यान्सरबाट पिडित खतिवडाले अहिले पछिल्लो समय अस्पताल मै रहेको र विप्लव नेतृत्वको नेकपाको कुनै पनि गतिविधिमा सहभागि नभएको समेत विज्ञप्तीमा जनाएका छन् ।

हिजो जानी नजानी नेकपामा रहेर गरिएका कार्यहरु प्रति आफुलाई पश्चाताप लागेको समेत उनले बताएका छन् ।

विज्ञप्ती जस्ताको तस्तै: