
धादिङ जेष्ठ १ । धादिङको लायन्स क्लब अफ धादिङ मलेखु टाउनको लायन वर्ष २०२०-०२१ का लागि अध्यक्षमा बिदुर कुमार त्रिपाठी चयन भएका छन् ।
लायन चित्र बहादुर मगरको अध्यक्षमा सम्पन्न भेलाले सामाजिक सेवाभावका लागि गठन गरिएको धादिङ मलेखु टाउनको अध्यक्षमा त्रिपाठी चयन भएका हुन् ।
लायन वर्ष २०२०-०२१ का लागि सर्वसम्मत निर्वाचित हुनेमा प्रथम उपाध्यक्ष लायन बिस्व त्रिपाठी, सचिबमा लायन रामकृष्ण बिक, कोषाध्यक्षमा लायन सुधिर श्रेस्ठ रहेका छन् ।
यस अघि भएको लायन्स क्लब अफ धादिङ नीलकण्ठको अध्यक्षमा जिवन श्रेष्ठ चएन भएका थिए, भने त्रिपुरासुन्दरी गाउँपालिका स्थित लायन्स क्लव अफ धादिङ सल्यानटारको अध्यक्षमा सञ्जु श्रेष्ठ चयन भएका थिए ।

काम गर, व्यावसाय गर, उधमशिल वन, पैसा बचत गर जथाभावी खर्च नगर बचेको समय बचेको धन सामाजिक सेवामा लगाउ, साथीभाई, परिवारमा रमाउ, साथीभाई बीच भाइचारा तथा नेतृत्व, क्षेमता विकास जस्ता उद्धेश्य राखि लायन्स क्लब गठन हुँदै आएको छ ।
विभिन्न सामाजिक काममा आफ्नो सक्रिय सहभागिता जनाउँदै आएको यस क्लवले लकडाउन कै बीचमा आ आफ्नो क्षेत्रमा गठन भएका लायन्स क्लवहरुले गाउँपालिकालाई खाद्यान्न देखि स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरेका थिए ।

