
धादिङ बैशाख १७ । धादिङको बेनीघाट रोराङ र गजुरी गाउँपालिकामा ६ महिनादेखि १५ वर्षसम्मका बाल बालिकाहरुलाई दादुरा–रुवेला विरुद्धको खोप लगाउन सुरु भएको छ ।
लकडाउनको अवधिमा बेनीघाट रोराङ गाउँपालिका-६ मा दादुरा-रुवेलाले १५० जना बालबालिका बिरामी परे भने दुई जनाको मृत्यु भएको थियो ।
यस्तै गजुरी गाउँपालिका–२ डुडेठाँटी र चम्पाराङमा दादुरा-रुबेला फैलिँदा १२ बिरामी भए सँगै नेपाल सरकारले दादुरा-रुवेला फैलिएका गाउँपालिका भर दादुरा–रुबेला विरुद्धको खोप लगाउन आज देखि सुरु गरेको हो ।
बेनीघाट रोराङ गाउँपालिकाको ९७ खोप केन्द्र बनाएर र गजुरी गाउँपालिकाको ७६ खोप केन्द्र बनाएर खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
बेनीघाट रोराङ अन्तरगत आज वडा नं. ३ को माथिल्लो ओर्वाङ, तल्लो ओर्वाङ, तिनकन्या आधारभुत विद्यालय, तिनकन्या वागेश्वरी आधारभुत विद्यालय, सलाङघाट स्वास्थ्य केन्द्र, वागेशवरी माध्यामिक विद्यालय, राजमार्ग अस्पताल, व्राइटफ्यूचर वोर्डिङ, पाङ्ग्राजिप र वडा नं. १ कुन्चुरुङ, बाँसखर्क, सिमटार, जरुङ, ब्रोम्दी, ग्यावाटोल, लवाङ, चिम्वाङ, नाम्जीराङ खेन्द्रहरुमा खोप लगाईएको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले धादिङपोष्टलाई बताए ।
सूचना अधिकारी घिमिरेका अनुसार बैशाख १८ गते बिहिबार बेनीघाट रोराङ बडा नम्बर २ को चोतेस, ब्रुसवाङ, मासखर्क, कात्तिके, घैराङ, सिम्थली, आँपटार, दुम्लिङ र नम्बर ४ को हर्कपुर, बेलडाँडा, रुदिङ, कालिका आधारभुत विद्यालय, जनजागृती आधारभुत विद्यालय, माहारुद्र आधारभुत विद्यालय, इराङ आधारभुत विद्यालय, इराङ सामसदायीक स्वास्थ्य इकाईमा खोप लगाउने कार्यक्रम रहेको छ ।

