धादिङको बेनीघाट रोराङमा दादुरा रुवेलाको खोप भोलिदेखि सुरु

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १६, २०७७

धादिङ बैशाख १६ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानहरुका बाल बालिकाहरुमा दादुराको संक्रमण देखिन थाले सँगै बुधबार देखि दादुरा रुवेलाको खोप अभियान सुरु हुन लागेको छ ।

पाँच दिन सम्म संचालन हुने यस अभियानको पहिलो दिन बेनिघाट रोराङको वडा नम्बर १ को कुन्चुरुङ, वाँसखर्क, सिमटार, जरुङ, व्रोम्दी, ग्यावाटोल, लवाङ, चिम्वाङ, नाम्जीराङ र वडा नम्बरको ३ को माथिल्लो ओर्वाङ, तल्लो ओर्वाङ, तिनकन्या आ.वि., तिनकन्या वागेश्वरी आ.वि., सलाङघाट स्वा.केन्द्र, बागेश्वरी मा.वि., राजमार्ग अस्पताल, व्राइटफ्यूचर वोर्डिङ, पाङ्ग्राजिपका खोप खेन्द्रहरुमा १५ वर्ष मुनिका वालवालिकालाई खोप लगाईने कार्यक्रम रहेको गाउँपाकिाका सूचना अधिकारी परशुराम घिमिरेले धादिङपोष्टलाई बताए ।

सूचना अधिकारी घिमिरेका अनुसार १५ वर्ष मुनिका सबै बालिबालिकालाई दादुरा रुवेलाको खोप लगाउन आव्हान गरि सकिएको छ ।

स्वास्थ्य कार्यालय धादिङले गजुरी र बेनिघाट रोराङमा ६ महिनादेखि १५ वर्षसम्मका बाल बालिकाहरुलाई बैशाख १७ गते देखी २३ गतेसम्म दादुरा रुवेलाको खोप लगाउन लागेको हो ।

बेनिघाट रोराङमा हुने खोप तालिका

  • २०७७ वैशाख १७ गते, वडा नं. १ः कुन्चुरुङ, वाँसखर्क, सिमटार, जरुङ, व्रोम्दी, ग्यावाटोल, लवाङ, चिम्वाङ, नाम्जीराङ
  • २०७७ वैशाख १८ गते, वडा नं.२: चोतेस, व्रुसवाङ, मासखर्क, कात्तिके, घैराङ, सिम्थली, आँपटार, दुम्लिङ
  • २०७७ वैशाख १९ गते, वडा नं.२: लाईपुर, माङटार, झिरुवास, सिउडीवार, छापडाँडा, रावलडाँडा, रेतीखोला, महादेवस्थान स्वास्थ्य चौकी
  • २०७७ वैशाख १७ गते, वडा नं. ३: माथिल्लो ओर्वाङ, तल्लो ओर्वाङ, तिनकन्या आ.वि., तिनकन्या वागेश्वरी आ.वि., सलाङघाट स्वा.केन्द्र, वागेशवरी मा.वि., राजमागृ अस्पताल, व्राइटफ्यूचर वोर्डिङ, पाङ्ग्राजिप,
  • २०७७ वैशाख १८ गते, वडा नं.४: हर्कपुर, वेलडँडा, रुदिङ, कालिका आ.वि., जनजागृती आ.वि. माहारुद्र आ.वि., इराङ आ.वि., इराङ सा.स्वा. इकाई
  • २०७७ वैशाख १९ गते, वडा नं.५: चन्द्रोदय मा.वि., जनगाउ आ.वि., डाडागाउ सा.स्व.इकाई, सिद्ध वागेश्वरी आ.वि.,सुयलभञ्ज्याङ, वाहुनटार
  • २०७७ वैशाख २० गते, वडा नं.६: वोमराङ, फेदीखोला, सल्लेडाडा वुम्पुङ, रोतेस वुम्पुङ, महाकाली आ.वि.
  • २०७७ वैशाख २१ गते, वडा नं.६: सिद्धकाली, नवप्रतिभा, स्यादुल स्वा.इकाई, महाकाली
  • २०७७ वैशाख २२ गते, वडा नं.६: नौलोथर, धुषा आ.वि., चउर
  • २०७७ वैशाख २० गते, वडा नं.७: चरौदी, घुम्ती,
  • २०७७ वैशाख २१ गते, वडा नं.७: चाँपटार, भंगेरी आ.वि., चौकी, सपाङदी
  • २०७७ वैशाख २२ वडा गते, नं.७: झगरे, आदामारा, खटौटी
  • २०७७ वैशाख २० गते, वडा नं.८: यार्वाङ, दुङवाङ, वर्पुक
  • २०७७ वैशाख २१ गते, वडा नं.८: मिजारगाउ, धुषा स्वास्थ्य चौकी
  • २०७७ वैशाख २२ गते, वडा नं.८: गोठेभञ्ज्याङ, भुवाभञ्ज्याङ
  • २०७७ दैशाख २० गते, वडा नं.९: ठिङमाङ, फजिमटार, जोगिमारा स्वास्थ्य चौकी
  • २०७७ दैशाख २१ गते, वडा नं.९: रोवाङ, ऐवाङ, भारपाङ, पिपलडाँडा, जोगिमारा स्वास्थ्य चौकी
  • २०७७ दैशाख २० गते, वडा नं.१०: गोइराङ, हेक्राङ, कोस्राङ
  • २०७७ दैशाख २२ गते, वडा नं.१०: चित्रकला, डुक्राङ, खोरभञ्ज्याङ, तास्तुङ, जयपुरी, जवाङ, कोट