
धादिङ बैशाख १५ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्ब १ स्थित काउलेमा काल्देन समाज गुम्बाको सिलान्यास गरिएको छ ।
कोरोना भाईरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनले रोकिएका विकास निमार्णका कार्यहरु विस्तारै सुरु हुँदै गरेको आभास आज काउलेका देखिएको छ ।
लकडाउनमा सामाजिक दुरीलाई ख्याल गरिएको नेखिए पनि स्थानीयहरुको बाक्लो उपस्थितिमा वडा अध्यक्ष गणेशबहादुर गुरुङले गुम्बाको शिलान्यास गरेका थिए ।
गुम्बा निमार्णका लागि आर्थिक सहयोग कहि कतैबाट नआए पनि स्थानीय गंगाबहादुर तामाङ र फुल लामा तामाङले २ रोपनी १२ आना जग्गा निशुल्क उपलब्ध गराएपछि गुम्बा निमार्णको काम अगाडी बढेको शंकर अधिकारीले धादिङपोष्टलाई बताए ।
शिलान्यास कार्यक्रममा वडा सदस्य पाण्डु तामाङ, एन्जिला तामाङ, नेकपाका नगर कमिटी सदस्य भोजबहादुर गुरुङ, बेदराज गुरुङ, गुम्बा ब्यवस्थापन समिती अध्यक्ष रेशम तामाङ, जग्गा दाता गंगाबहादुर तामाङ, फुललामा तामाङ, गुरु दीपबहादुर तामाङ, मुखिया मानबहादुर तामाङ लगायत स्थानिय जनसमुदाय उपस्थिति रहेको थियो ।

