नीलकण्ठ नगरपालिकामा खाद्यान्न राहात वितरण जारी, ३ वटा वडामा सम्पन्न

Avatar photo
Dhadingpost
बैशाख १५, २०७७

धादिङ बैशाख १५ । धादिङको नीलकण्ठ नगरपालिकाले शनिबार र आईतबार गरी ८ सय ७७ जनालाई खाद्यान्न राहात वितरण गरेको छ ।

लगडाउन सुरुभएको एक महिन पछि मात्र नीलकण्ठले वडा नम्बर ७, ८ र ९ का असाह्य, गरिव र मजदुर परिवारलाई खाद्यान्न राहात वितरण गरेको हो ।

राहात पाउनेमा वडा नम्बर ७ मा ३ सय १९ जना, वडा नम्बर ८ मा २ सय ९६ र वडा नम्बर ९ मा २ सय ६२ जना रहेको नगरपालिकाले जनाएको छ ।

सबै वडामा राहात दिनु पर्नेको व्यक्ति वा परिवारको विवरण तयार गरि खाद्यान्न राहात वितरण सुरु गरेको यस नगरपालिकाले २ जना सम्मको परिवारलाई चामल १२.५ केजी, दाल २ केजी, खाने तेल १ लिटर, नुन २ केजी र २ जना भन्दा बढी परिवार सदस्य हुने परिवारलाई चामल २५ केजी, दाल ३ केजी, खाने तेल डेड लिटर, नुन २ केजी प्रदान गर्ने गरेको छ ।

x