
धादिङबेसी बैशाख ३ । धादिङको नेत्रावती गाउँपालिका नारायण देविमा राखिएका बर्दिया घर एका १० जना मजदुरहरु धादिङबेसी हुँदै बर्दियाका लागि पैदल यात्रा सुरुगरेका छन् ।
नारायण देवि स्कुलमको काम गर्न आएका उनीहरु लकडाउनमा परे सँगै गाउँपालिको खाद्यान्न सहयोगमा विद्यालयमा रहँदै आएका थिए । नुवाकोटका साथीहरु हिडेरै बर्दिया पुगि सकेछन् त्यसैले घर हिडेको भन्दै उनीहरुले बर्दियाका लागि पैदल यात्रा सुरु गरेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयले बुधबारराती देखि पृथ्वीराजमार्गमा पैदल समेत हिड्न नपाउने सूचना जारी गरेपछि हतारमा देखिएका मजदुरहरु अन्दाजी ५ बजे सिद्धलेकको कलिदहबजार पुगेका थिए ।
गाउँपालिकालाई क्वारेन्टाईनमा बसेको र स्वास्थ्य चेकजाँच गरेको चिठी बनायर घर हिडेका उनीहरुले धादिङ प्रहरीलाई समेत जानकारी दिएको बताएका छन् ।
