असार २६ गते त्रिशुलीमा जलयात्रा महोत्सव आयोजना हुँदै

Avatar photo
Dhadingpost
मङ्लबार, असार २२, २०७२

NARA PHOTOभुमराज तिवारी, धादिङ । नेपाल एसोसियसन अफ ¥याफटिङ एजेन्सिज (नारा) ले यहि असार २६ गते त्रिशुली नदिमा जलयात्रा महोत्सव आयोजना गर्न लागेको छ । जयात्रामा कार्यक्रममा ३ सय भन्दा बढि सहभागिता रहने नाराका अध्यक्ष चन्द्र दाहालले बताउनु भएको हो ।
रोयल विच क्याम्प खटौती त्रिशुली किनार धादिङमा संचालन भएको ५ दिने एड्भान्स रिभर गाइड तालिममा देशका विभिन्न नदीहरुमा गाइड गरिरहेका ७५ जना रिभर गाइडहरुको सहभागिता रहेको थियो ।
नेतृत्व विकास, क्षमता अभिवृद्धि, संचारको प्रसार, रिभर रेस्क्यू तथा नदीहरुको बारेमा चन्द्र दाहाल, रमण नेपाली भट्टराई, इन्द्र राई, चन्द्र आलेले प्रशिक्षण दिनु भएको थियो । दुवईमा ¥याफटिङ गाइड गर्दै आउनु भएका चरौदीका लच्छु कँडेलले तालिमले आफुहरुलाई सकारात्मक उर्जा दिएको बताउनु भयो ।
हाल नेपालमा १६ वटा नदीहरुमा ¥याफटिङ गर्ने अनुमति छ । ३६५ दिन नै सुरक्षित जलयात्रा भने त्रिशुली नदिमा मात्र गर्न सकिन्छ । नेपालभर ९ सय जना तालिम प्राप्त रिभर गाइडहरु रहेका छन् । नारामा ७२ वटा कम्पनी दर्ता भएपनि १०० वटा भन्दा बढि कम्पनीहरुले ¥याफटिङ गराउँदै आएका छन् । सुरुमा विदेशीहरुको आकर्षण रहेको ¥याफटिङका ग्राहकहरु पछिल्ला ५ वर्षयता ७५ प्रतिशत भन्दा बढि नेपालीहरु रहेको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनु भयो ।
विदेशबाट जलयात्राका लागी सामानहरु ल्याउँदा ५ वर्ष भन्सार छुट दिनुपर्ने, जलविद्युतलाई असर नगर्ने गरी केही नदिहरु ¥याफटिङको लागी छुट्याउनुपर्ने, नदि नीति तत्काल कार्यान्वयनको लागी सरकारलाई ध्यानाकर्षण गराइएको नाराले बताएको छ । महाभुकम्पका कारण जलयात्रा पर्यटनलाई केही असर नगरेकोले सम्बन्धित निकायको ध्यानाकर्षणको लागी नाराले आउने शनिवार २६ आषाढमा त्रिशुली नदिमा जलयात्रा महोत्सव आयोजना गर्न लागेको अध्यक्ष दाहालले बताउनु भयो ।