बेनीघाट रोराङको विदाङमा २ सय परिवारलाई खाद्यान्न वितरण

Avatar photo
Dhadingpost
चैत्र २८, २०७६

धादिङ चैत्र २८ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले वडा नं. ८ स्थित विदाङमा २ सय मजदुर तथा विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ ।

कोरोना भाईरस रोकथामका लागि गरिएको लकडाउनको मारमा परेका ज्यालादारी गर्ने मजदुर र खाद्यान्न संकटमा परेका विपन्न २ सय परिवारलाई बिहिबार खाद्यान्न सामाग्री वितरण गरिएको वडा अध्यक्ष विरबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।

वडा अध्यक्ष श्रेष्ठका अनुसार २ जना भन्दा माथि परिवार सदस्य हुनेहरुलाई ३० केजी चामल र २ जना मात्र हुने परिवारलाई १५ केजी चामलको साथमा नुन, दाल, तेल र साबुन वितरण गरिएको हो ।

x