
धादिङ चैत्र २७ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले वडा नं. ७ को चरौंदी बजारमा १ सय ८९ परिवार मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
निकै सकसका साथ नाम छनौंट गरि बुधबार पहिलो चरणमा राहात स्वरुप १८९ जनालाई राहात बाडिएको वडा अध्यक्ष हिरालाल थपलियाले धादिङपोष्टलाई बताए ।
अध्यक्ष थपलियाका अनुसार ३ जना भन्दा माथिको परिवार संख्या हुनेलाई ३० केजी चामल र २ जना सम्म परिवार संख्या हुनेलाई १५ केजी चामलको साथमा दाल, तेल, चिनी र साबुन प्रदान गरिएको थियो ।

