थाँक्रेको राहात कोषलाई सहकारीद्वारा ४ लाख ४० हजार प्रदान

Avatar photo
Dhadingpost
चैत्र २६, २०७६

धादिङ चैत्र २६ । धादिङको थाँक्रे गाउँपालिकाले संचालनमा ल्याएको दैविक प्रकोप उद्दार कोषमा पाँचवटा कृषि सहकारीहरुले ४ लाख ४० हजार रुपैयाँ सहयोग गरेका छन् ।

गाउँपालिकाले संचालन गरेको यस कोषलाई महिला साना किसान कृषि सहकारी केवलपुर, भुमेस्थान साना किसान सहकारी, थाक्रे साना किसान कृषि सहकारी, तसर्पु साना किसान कृषि सहकारीले ११ लाख र गोगनपानी साना किसान कृषि सहकारीले ४० हजार दिएका हुन् ।

अहिलो सम्म २५ लाखभन्दा माथि बढी जम्मा भैसकेको र उक्त रकम लकडाउनका कारण मारमा परेका अतिविपन्न, दैनिक ज्यालादारी गर्ने मजदुर र असाह्य परिवारलाई सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।