
धादिङ चैत्र २६ । बेनिघाट रोराङ गाउँपालिकाले वडा स्तरमा खाद्यान्न राहत वितरणलाई तिब्रता दिएको छ ।
वडां नं. ३ को मलेखु, सलाङघाट र वडां नं. १० मा गरी ३ सय ८० जनालाई राहात वितरण गरि सकेको बेनिघाट रोराङ गाउँपालिकाले मंगलबार ५ नं. वडामा १ सय ३३ जना मजदुर र विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको हो ।
स्थानिय समाजसेवी युवा दिपेश कडेलका अनुसार दैनिक मजदुरी गरिखाने र लकडाउनका कारण खाद्यान्न संकटमा परेका ३ जना भन्दा माथिको परिवार संख्या हुनेलाई ३० केजी चामल र २ जना सम्म परिवार संख्या हुनेलाई १५ केजी चामलको साथमा दाल, तेल, चिनी र साबुन प्रदान गरिएको थियो ।
कडेला अनुसार बेनिघाट बजारका स्थानीयहरुको सहयोगमा संचालनमा आएको कपडा घरले नि:शुल्क मास्क वितरण गर्दै आएको छ ।

