बेनिघाट रोराङ १० मा खाद्यन्न वितरण

Avatar photo
Dhadingpost
चैत्र २५, २०७६

धादिङ चैत्र २५ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले वडा नं. १० मा मंगलबार विपन्न गरिव १ सय ५५ परिवारलाई खाद्यान्न वितरण भएको छ ।

कोरोना भाईरसको संक्रमण रोक्न सरकारले चैत्र ११ गते देखि गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरेका दैनिकी गुजार गर्दै आएका मजदुर परिवारलाई खाद्यन्न अभाव देखिएकोले वितरण गरिएको गाउँपालिकाका सल्लाहकार मणि गुरुङले बताए ।

यो पहिलो चरणको खाद्यान्न राहतमा ३ जना भन्दा बढीको परिवारलाई ३० किलो चामल ३ जना सम्मको परिवारलाई १५ किलो चामलको साथमा दाल, नुन, तेल, चीनी र साबुन प्रदान गरिएको थियो ।

यस अघि बेनिघाट रोराङले वडा नं. ३ मा पनि २२५ जना विपन्न मजदुरहरुलाई खाद्यान्न वितरण गरेको थियो ।

राहात वितरण कार्यक्रममा गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकाेटी (हरि), वडा अध्यक्ष अम्बरबहादुर गुरुङ लगायतकाे सहभागीता रहेकाे थियाे ।

मलेखु र सलाङघाटमा खाद्यान्न सामाग्री वितरण

x