
काठमाडौं चैत्र १८ । नेपाल प्रेस युनियनले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई राहत दिन सरकारसँग माग गरेको छ ।
युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनले समस्यामा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहतको विशेष प्याकेज घोषणा गर्न आग्रह गरेको हुन् ।
विज्ञप्तीमा भनिएको छ, स्वास्थ्य सुरक्षाको अभावमा पनि संचारकर्मीहरु जोखिम मोलेर सूचना संकलन र सम्प्रेषणमा तल्लिन रहेकोले राहातको प्याकेज घोषणा गरिनु पर्छ ।
यूनियनले विज्ञप्ती मार्फत राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायतका विषय पनि समावेश गर्न सरकारलाई आव्हान गरेको छ ।

