नेपालमा कोरोना भाईरस संक्रमितको संख्या पाँच पुग्यो

Avatar photo
Dhadingpost
चैत्र १५, २०७६

काठमाडौं चैत्र १५ । नेपालमा कोरोना भाईरस संक्रमितको संख्या पाँच पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी बागलुङ निवासी युवतीमा कोरोना देखिए सँगै संख्या पाँच पुगेको हो ।

देवकाटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना देखिएको हो । उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत् काठमाडौं आएकी हुन् ।

x