
काठमाडौं चैत्र १४ । नेपाल सरकार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले घरायसी विद्युतका ग्रहकलाई २० प्रतिशद छुट दिने निर्णय गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने तर यो बैठको निर्णय मन्त्रिपरिसदले पास गर्न बाँकी रहेको बताईएको छ ।
कोरोना भाइरस को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पुनले बताएका छन् ।

