
काठमाडौं चैत्र १० । विश्वव्यापी सङ्क्रमण भइरहेको कोरोना भाईरस संक्रमणको रोकथाम र जोखिम न्यूनीकरण गर्न नेपाल बैङ्कले एक करोड दिने भएको छ ।
जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा उक्त रकम जम्मा गर्ने बैंकले जनाएको छ ।

