कञ्चनपुर जिल्लामा राति देखि कर्फ्यु

Avatar photo
Dhadingpost
चैत्र ९, २०७६

कन्चनपुर चैत्र ९ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आइतबार रातिदेखि जिल्ला ‘कर्फ्यु’ लाग्ने बताएका छन् ।

‘शब्दमा उल्लेख गर्दा थप त्रास होला भनेर लक डाउन भनेका छौं तर कर्फ्यु नै लाग्ने खतिवडाले बताए ।

कोरोना भाईरसको संक्रमण रोक्न लक डकडाउन राति देखि सुरु हुन लागेको बताउँदै खतिवडाले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायात बाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द हुने छ ।