कोरोनाबाट बच्न सर्वोच्चको २३ निर्णय

Avatar photo
Dhadingpost
चैत्र ८, २०७६

काठमाडौं चैत्र ८ । सर्वोच्च अदालतले कोरोना भाईरसको संक्रमणबाट बच्न पूर्वतयारी स्वरुप सावधानीका २३ निर्णय गरेको छ ।

सर्वोच्च अदालतको शुक्रवारको बैठकले मुद्दा, रिट तथा निवेदनहरूमा पेशी तारिख लगायतका अन्य कुनै पनि काम कारवाही चैत २१ गतेसम्म नहुने गरी स्थगन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा काम कारवाही स्थगन वा सेवा प्रवाह बन्द गरेको अवधिका लागि मुद्दामा निर्धारित पेशी, तारेखलगायत अन्य काम कारवाहीहरू विपद् (महामारी) व्यवस्थापनका लागि स्थगन तथा सेवा प्रवाह बन्द रहेको अवधिपछिको बाटोको म्यादबाहेक १० दिनभित्र सम्बन्धित पक्ष उपस्थित भई पेशी, तारिख लिने वा अन्य काम कारवाही गर्ने गरी व्यवस्थापन गर्ने उल्लेख छ ।

x