बागमती प्रदेशका सबै जिल्लामा आइसोलेसन वार्ड बन्ने

Avatar photo
Dhadingpost
चैत्र ७, २०७६

धादिङ चैत्र ७ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ जिल्ला अस्पतालमा ५ शैय्याको आइसोलेसन वार्ड बन्ने भएको छ ।

बागमती प्रदेश सरकारले प्रदेश भित्र २ सय शैय्याको आइसोलेसन वार्ड स्थापना योजना अनुरुप धादिङ अस्पतालमा ५ शैय्याको आइसोलेसन वार्ड बन्ने भएको हो ।

प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार कोरोना भाईरबाट कोही पनि आतङ्कित बन्नु पर्दैन अब धमाधम क्वारेन्टाइन कक्ष र आइसोलेसन वार्ड सरकारले बनाउँदै छ ।

अबको एक हप्ता सम्म आइसोलेसन वार्ड र क्वारेन्टाइन दुवै तयार पारिसक्ने गरी हेटौंडाको हेटौंडा एकेडेमीमा दुइसय शैय्या, वनविज्ञान अध्ययन संस्थानमा एकसय, गौरिटार स्थित खेलकुद एकेडेमीमा एक सय र सशस्त्र प्रहरी क्याम्पमा एकसय शैय्याको क्वारेन्टाइन कक्ष निर्माण गर्ने मन्त्री दुलालले बताए ।

अहिलेसम्म प्रदेशका विभिन्न जिल्लामा ३० वेडको आइसोलेसन स्थापना गरिसकिएको छ । कोरोनाको संक्रमण देखिहालेमा विद्यालयका नर्सलाई पनि स्वास्थ्य संस्थामा खटाएर काम गरिने मन्त्री दुलालले बताए ।

हेटौंडा अस्पतालमा १००, भक्तपुर अस्पतालमा ५, सिन्धुपाल्चोक अस्पतालमा ५, रसुवा अस्पतालमा ४, नुवाकोट अस्पतालमा ५, धादिङ अस्पतालमा ५, रामेछाप अस्पतालमा २, सिन्धुली अस्पतालमा ३, चितवन९भरतपुर० अस्पतालमा ५०, जिरी, मेथिनकोट, बगौडा र बकुलहर अस्पतालमा ५० शैय्याको आइसोलेसन वार्डको व्यवस्थापन गर्ने प्रदेश सरकारले जनाएको छ ।

यसैगरी हेटौंडा अस्पतालमा १०, भक्तपुर अस्पतालमा ५, सिन्धुली अस्पतालमा ५, चितवन (भरतपुर) अस्पतालमा २०, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा १०, निजी अस्पताल ९मेडिकल कलेजहरूमा० १०० शैयाको भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गर्ने प्रदेश सरकारको तयारी छ ।

x